close

मेटाको भीआर हेडसेट प्रयोग गर्न फेसबुक अकाउन्ट नचाहिने

टेकपाना टेकपाना

असार २५, २०७९ ९:५३

मेटाको भीआर हेडसेट प्रयोग गर्न फेसबुक अकाउन्ट नचाहिने

काठमाडौं । मेटाले आफ्ना भर्चुअल रियालिटी हेडसेटका प्रयोगकर्तालाई फेसबुक अकाउन्टमार्फत लगइन गर्नुपर्ने विवादास्पद आवश्यकता परिवर्तन गर्ने भएको छ ।

यसको सट्टामा प्रयोगकर्ताले मेटा अकाउन्ट प्रयोग गर्न सक्नेछन्, जुन फेसबुकसँग लिङ्क गर्नुपर्दैन । कम्पनीले आगामी महिनाबाट नयाँ मेटा क्वेस्ट प्रयोगकर्ता र पहिले भएका प्रयोगकर्ताका लागि नयाँ अकाउन्ट खोल्न सुरु गर्नेछ ।

ती प्रयोगकर्ता जोसँग ओकुलुस अकाउन्ट (Legacy Oculus Account) छ, उनीहरूले २०२३ को सुरुवासम्म हेडसेट प्रयोग गर्न मेटा अकाउन्ट बनाइसक्नु पर्नेछ ।

मेटाका संस्थापक मार्क जुकरबर्गले फेसबुकमा स्टाटस राख्दै भीआर हेटसेट प्रयोग गर्न फेसबुक अकाउन्ट आवश्यक नहुने जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘तपाईंले खरिद गरेका एप एकै ठाउँमा व्यवस्थापन गर्न र हेर्नका लागि आफ्नो भीआर डिभाइसमा मेटा अकाउन्ट लगइन गर्न सक्नुहुन्छ ।’

त्यस्तै कम्पनीले मेटा अकाउन्ट सोसल मिडिया प्रोफाइल नभएको कुरामा जोड दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३