काठमाडौं । टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले ट्वीटर खरिद नगर्ने निर्णय गरेपछि कम्पनीले उनीविरुद्ध मुद्दा दायर गर्ने भएको छ ।
मस्क ट्वीटर खरिद गर्ने निर्णयबाट पछि हटेपछि कम्पनीले उनी विरुद्ध मुद्दा दायर गर्ने बताएको हो । मस्कका कानूनी टोलीले यो निर्णय सुनाएको एक घण्टा पनि नबित्दै ट्वीटरका सीईओ ब्रेट टेलरले आफ्नो ट्वीटरमा ट्वीट गर्दै उनमाथि कानूनी कारबाही गरिने बताएका हुन् ।
‘ट्वीटर खरिदको प्रक्रिया अगाडि नबढाउने मस्कको निर्णयसँग कम्पनीको बोर्ड सहमत छ र बोर्ड यसका लागि अब कानूनी उपचारमा जाने तयारीमा रहेको छ,’ उनले आफ्नो ट्वीटमा उल्लेख गरेका छन् ।
मस्कले ट्वीटर खरिद गर्ने निर्णय गरेदेखि नै उनले ट्वीटरको आन्तरिक मामिलाहरूको विषयमा अध्ययन गर्न सुरु गरेका थिए ।
मस्कले बारम्बार बिना कुनै प्रमाण ट्वीटरमा असङ्ख्य बट (स्वचालित सफ्टवेयर प्रणालीबाट अकाउन्ट सञ्चालन) रहेको दाबी गर्दै आएका छन् । मुद्दाको विषयमा अहिलेसम्म मस्कले कुनै प्रतिक्रिया भने दिइसकेका छैनन् ।
The Twitter Board is committed to closing the transaction on the price and terms agreed upon with Mr. Musk and plans to pursue legal action to enforce the merger agreement. We are confident we will prevail in the Delaware Court of Chancery.