close

बन्दुक बोक्न सामाजिक सञ्जालको अकाउन्ट बुझाउनुपर्ने 

टेकपाना टेकपाना

असार २५, २०७९ ११:११

बन्दुक बोक्न सामाजिक सञ्जालको अकाउन्ट बुझाउनुपर्ने 

काठमाडौं । अब अमेरिकाको न्यू योर्क राज्यमा ह्यान्डगन अर्थात् व्यक्तिगत सुरक्षाका लागि प्रयोग गरिने बन्दुकका लागि प्रयोगकर्ताले सरकारलाई आफ्नो सामाजिक सञ्जालका अकाउन्टहरू बुझाउनुपर्ने भएको छ ।

यो नियम यहि वर्षको सेप्टेम्बर महिनादेखि लागू हुने गरी ल्याइएको हो । ह्यान्डगन बोक्न चाहने न्यू योर्कका बासिन्दाले अनुमतिको आवेदन बुझाउँदा अब आफ्नो सामाजिक सञ्जालका जति पनि अकाउन्ट छन्, सबैको विवरण सम्बन्धित निकायलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रयोगकर्ताले करिब तीन वर्ष वा सोभन्दा बढी समयदेखिका सक्रिय र निष्क्रिय अकाउन्टहरूको विवरण दिनुपर्ने भएको छ ।

उक्त सामाजिक सञ्जालका अकाउन्टहरूबाट व्यक्तिको चरित्र र आचरणको समीक्षा गरिने समाचार संस्था एपीले जनाएकाे छ ।

न्यू योर्क राज्यकाे सरकारले सामाजिक सञ्जालका अकाउन्टहरूको समीक्षा गर्नका लागि छुट्टै टोली नै तयार गरेको पनि समाचारमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३