close

युरोपमा गुड्ने कारमा एन्टि-स्पिडिङ प्रविधि प्रयोग गर्न ईयूको निर्देशन

टेकपाना टेकपाना

असार २५, २०७९ ११:३४

युरोपमा गुड्ने कारमा एन्टि-स्पिडिङ प्रविधि प्रयोग गर्न ईयूको निर्देशन

काठमाडौं । युरोपेली संघ (ईयू) अन्तर्गतका देशमा बिक्री हुने नयाँ कारमा इन्टेलिजेन्ट स्पिड असिस्टेन्स (आईएसए) नामको एन्टी-स्पिडिङ प्रविधि अनिवार्य हुनुपर्ने नियम लागू गरिएको छ ।

यही सातादेखि लागू भएको नियमअनुसार सन् २०२४ सम्म सम्पूर्ण नयाँ कारहरूमा यो प्रविधि जडान भएको हुनुपर्नेछ ।

सडकमा हुने विभिन्न दुर्घटनाबाट बच्न यो प्रविधिले उल्लेख्य भूमिका खेल्ने ईयूको विश्वास छ । नयाँ नियमअनुसार अब कार निर्माता सबैले ईयू अन्तर्गतका देशमा बिक्री हुने सबै गाडीमा अनिवार्य रुपमा आईएसए प्रविधि प्रयोग गर्नुपर्नेछ ।

यो प्रविधि यस्तो प्रणाली हाे, जसमा सडकको स्पिड लिमिटको जानकारी गाडीमा जडान भएको फ्रन्ट माउन्टेड क्यामेरामा देख्न सकिन्छ ।

यस्तै उक्त क्यामेराले सवारी चालकलाई सडकको गति लिमिटको बारेमा बारम्बार सम्झाइरहन्छ । यसले गर्दा ओभरस्पिडको कारण हुने दुर्घटनामा कमी आउने ईयूको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३