close

एक महिनाभित्र मातहतका निकायमा विद्युतीय चुलो प्रयोग गर्न पर्यटन मन्त्रालयको निर्देशन

टेकपाना टेकपाना

असार ३१, २०७९ १६:५४

एक महिनाभित्र मातहतका निकायमा विद्युतीय चुलो प्रयोग गर्न पर्यटन मन्त्रालयको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका सम्पूर्ण विभाग, आयोग, प्रतिष्ठान, परिषद् लगायत अन्य कार्यालयमा ग्यास सिलिन्डर हटाई विद्युतीय चुलो प्रयोग गर्न निर्देशन दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पठाएको चिठी अनुरुप पर्यटन मन्त्रालयले आफू मातहतका निकायमा साउन महिनाभित्र विद्युतीय चुलोको प्रयोगका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकाे हो ।

उद्योग मन्त्रालयले बिहीबार गरेको पत्राचारको आधारमा पर्यटन मन्त्रालयले मातहतका निकायमा विद्युतीय चुलोलाई प्रभावकारी रुपमा अगाडि बढाउने याेजना ल्याएकाे हाे ।

उद्याेग मन्त्रालयले बिहीबार सिंहदरबारभित्र भएका सबै मन्त्रालयलाई पत्राचार गर्दै आफ्नो कार्यालय र आफू मातहतका निकायहरूमा ग्यास सिलिन्डर हटाई विद्युतीय चूलोको प्रयोग गर्न आग्रह गरेको छ ।

‘ग्यासको उपभोग न्यूनीकरण गरी व्यापार घाटा कम गर्न तथा नेपाल आयल निगमको सञ्चित नोक्सानीमा समेत कमी ल्याउन चालु आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नम्बर २५३ महत्त्वपूर्ण रहेको हुँदा यसको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाउनु हुन अनुरोध छ,’ उद्योग मन्त्रालयको पत्रमा उल्लेख छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३