close

यसरी शेड्युल गर्नुहोस् फेसबुक पोस्ट

टेकपाना टेकपाना

असार ३१, २०७९ २२:५७

यसरी शेड्युल गर्नुहोस् फेसबुक पोस्ट

काठमाडाैं । फेसबुक विश्वमै सर्वाधिक प्रयोग गरिने सामाजिक सञ्जाल हो । वर्तमान समयमा याे सामाजिक सञ्जालमात्र नभई अनलाइन व्यवसायको केन्द्र पनि बनेको छ ।

फेसबुक पेजमार्फत आफ्नो व्यवसायलाई धेरैभन्दा धेरै प्रयोगकर्तामाझ पुर्‍याउन सकिन्छ ।  यसले साना व्यवसायीलाई पनि विश्वव्यापी जानसक्ने प्लेटफर्म दिन्छ ।

कन्टेन्ट क्रियटर, अनलाइन व्यवसाय, कला, साहित्य आदिसँग सम्बन्धित पेज छ भने नियमित रुपमा क्वालिटी कन्टेन्ट पोस्ट गर्नुपर्ने हुन्छ । यसरी फेसबुक पेज म्यानेज गर्ने कतिपय स्मार्ट तरिका तपाईंलाई थाहा नहुन पनि सक्छ ।

यस्तै एउटा स्मार्ट तरिका हो, फेसबुक पोस्ट शेड्युल । दैनिक ३/४ पोस्ट गर्न पटक-पटक फेसबुक खोलिराख्नु पर्दैन ।

एकै पटक फेसबुक पोस्ट शेड्युल गरेर निश्चित समय तोकेर अटो पोस्टमा राख्न सक्नुहुन्छ । यो निकै उपयोगी फेसबुक फिचर भएपनि तपाईंले नचलाउनु भएको हुनसक्छ । फेसबुक पोस्ट शेड्युलले तपाईंको धेरै समय बचत गर्छ ।

आफ्नो फेसबुक पेजमा पोस्ट शेड्युल गर्नको लागि :

आफ्नो फेसबुक पेजमा जानुहोस् ।  

फेसबुक पेजको दायाँपट्टि रहेको पब्लिसिङ टुल्स (Publishing Tools) मा जानुहोस् ।  

त्यसपछि क्रिएट पोस्टमा क्लिक गर्नुहोस । त्यहाँ तपाईंले प्लानर (Planner) अन्तर्गत फेसबुक पोस्ट, स्टोरी, फेसबुक एड के पोस्ट गर्ने हो सेलेक्ट गर्न सक्नुहुन्छ ।  

त्यसपछि तपाईंले कहिले र कुन बेला शेड्युल गर्ने भन्ने सेलेक्ट गर्न सक्नुहुन्छ । तपाईंले टाइम र डेट सेलेक्ट गर्दा कम्तिमा २० मिनटदेखि बढिमा ७५ दिन सम्मको टाइम सेलेक्ट गर्न सक्नुहुन्छ । 

एउटा निश्चित समय तोकेपछि अब तपाईंले पोस्ट क्रियट गर्नुपर्ने हुन्छ । पोस्ट क्रियट गर्दा कम्तिमा एउटा फोटो, एउटा ह्यास्ट्याग राख्नुपर्ने हुन्छ ।  

तपाईंले आफ्नो पेजको इन्स्टाग्राम अकाउन्ट पनि कनेक्ट गर्न सक्नुहुन्छ ।  

अब यति गरिसकेपछि तपाईंको पोस्ट तोकिएको समयमा इन्टरनेट कनेक्ट भएपछि आफैं पोस्ट हुन्छ ।   

यसरी तपाईंले आफ्नो फेसबुक पोस्ट शेड्युल गरेर नियमित रुपमा पोस्ट गर्न सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३