close

सब्सक्राइबरले मात्र पोस्ट हेर्न मिल्ने फिचर ल्याउँदै इन्स्टाग्राम 

टेकपाना टेकपाना

असार ३१, २०७९ १९:५९

सब्सक्राइबरले मात्र पोस्ट हेर्न मिल्ने फिचर ल्याउँदै इन्स्टाग्राम 

काठमाडौं । व्यावसायिक हिसाबले इन्स्टाग्राम निकै नै प्रभावकारी प्लेटफर्मको रुपमा प्रयोग हुँदै आएको छ । यसैबीच कम्पनीले पछिल्लो समयमा इन्स्टाग्रामको सशुल्क फिचरमा विभिन्न परीक्षण गर्दै आइरहेको छ ।

कम्पनीले यही वर्ष ‘क्रियटर सब्सक्रिप्सन प्रोग्राम’ पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो फिचर अन्तर्गत क्रियटरहरूले आफ्नो अकाउन्ट सब्सक्रिप्सनको आधारमा चलाउन सक्नेछन् ।

यसरी सब्सक्राइब गर्ने प्रयोगकर्ताका लागि भने इन्स्टाग्रामले छुट्टै फिचर ल्याएको छ । यस अन्तर्गत क्रियटरले आफ्नो पोस्ट अथवा रिल्स आफ्नो सब्स्क्राइबरले मात्र हेर्न मिल्ने गरी पोस्ट गर्न सक्नेछन् ।

धेरै क्रियटरहरूको अनुरोधको आधारमा यो फिचर ल्याइएको कम्पनीको भनाइ छ । यसरी पोस्ट भएको तस्वीर अथवा भिडिओहरूमा बैजनी रंगमा ‘एक्सक्लुसिभ लेखिएको ट्यागलाइन आउनेछ ।

यसका साथै इन्स्टाग्राममा ‘सब्सक्राइबर च्याट’ भन्ने अप्सनमा पनि थप गरिएको छ ।

क्रियटरहरूले ३० जना सब्स्क्राइबरसँग एकैपटक कुरा गर्न मिल्ने गरी ग्रुप च्याट क्रियट गर्न सक्नेछन् । हाल अमेरिकामा यो फिचरले व्यापक लोकप्रियता पाइरहेको छ ।

हाल अमेरिकामा क्रियटरले सबैभन्दा बढी १०० डलरसम्मको मासिक सब्सक्रिप्सन राखेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३