close

रूसी बजारमा पुनः ह्वावेका उत्पादन बिक्री हुँदै

टेकपाना टेकपाना

असार ३२, २०७९ १७:५६

रूसी बजारमा पुनः ह्वावेका उत्पादन बिक्री हुँदै

काठमाडौं । चिनियाँ कम्पनी ह्वावेले रुसमा आफ्नो स्मार्टफोन र अन्य डिभाइसहरूको आपूर्ति पुन: सुरु गरेको छ । केही समयको प्रतिबन्धपछि नयाँ उत्पादन रुसका लागि निर्यात भइसकेको र केही समयमा नै डेलिभरी हुने बताइएको छ ।

मोबाइल रिसर्च ग्रुपका शीर्ष विश्लेषक एल्डर मुर्तजिनले आफ्नो टेलिग्राम च्यानलमा पोष्ट गर्दै रूसमा ह्वावेका सामान फेरि आपूर्ति हुन लागेकाे जानकारी दिएका थिए ।

उनले ह्वावेका उत्पादन दुई हप्ताभित्रमा रुसी बजारमा उपलब्ध हुने पनि बताएका छन् ।

यस विषयमा ह्वावले भने कुनै आधिकारिक जानकारी दिएको छैन । कम्पनीले जुन महिनाको सुरुवातमा रूसमा आफ्नो आधिकारिक स्टोरहरू बन्द गर्ने घोषणा गरिसकेको थियो ।

यद्यपि १९ रूसी आउटलेटमध्ये चारले मात्र सुरुका केही दिनमा सेवा रोकेका थिए ।

धेरै विद्युतीय उपकरण निर्माता कम्पनीले आफ्नो उत्पादनमा रोक लगाउँदा अहिले रुसी बजारमा ह्वावेलगायत चिनियाँ इलेक्ट्रोनिक्स कम्पनीका उत्पादनहरूको मागमा ठूलो वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

एप्पल र सामसङले आपूर्ति रोक्दा चिनियाँ उत्पादनले रुसी बजार पाएका हुन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३