close

सामाजिक सञ्जालमा प्रयोग हुने यी चर्चित संकेत वा स्ल्याङ वर्डको अर्थ के होला ?

टेकपाना टेकपाना

साउन १, २०७९ १९:२३

सामाजिक सञ्जालमा प्रयोग हुने यी चर्चित संकेत वा स्ल्याङ वर्डको अर्थ के होला ?

काठमाडाैं । समयसँगै सामाजिक सञ्जाल प्रयोग गर्ने शैली पनि परिवर्तन हुँदै आएको छ ।  पहिले सामान्य टेक्स्ट, कल गर्न प्रयोग हुने सामाजिक सञ्जाल वर्तमान समयमा अनलाइन मार्केटप्लेस बनेको छ ।

सामाजिक सञ्जालमा भएका ट्रेण्डिङ टपिकलाई उचित उपयोग गर्न सके आफ्नो व्यवसायको राम्रो मार्केटिङ पनि गर्न सकिन्छ ।  समय समयमा आउने मिम कन्टेन्ट, स्ल्याङ वर्ड आदिको प्रयोग गरेर राम्रोसँग सोसल मिडिया मार्केटिङ गर्न पनि सक्नुहुन्छ ।

यस्ता मिम र स्ल्याङ वर्डले विशेषगरी युवा वर्गलाई आकर्षित गरेको पाइन्छ । सँगै साथीसँग टेक्स्ट गर्दा पनि यस्ता अब्रिभिएसनहरूकाे निकै प्रयोग हुने गरेको पाइन्छ ।

सोसल मिडिया मार्केटिङ त छँदै छ, सामान्य कन्भर्सेसनमा पनि यसकाे निकै प्रयोग हुन्छ । साथीसँग टेक्स्टमा यस्ता अब्रिभिएसन आयो भने कहिलेकाहिँ अर्थ थाहा नभएर गुगल गर्नुपर्नेसम्म हुन्छ ।

विभिन्न पेजले सामाजिक सञ्जालमा चलेको ट्रेण्डिङ्ग टपिकलाई समयमै प्रयोग गरेर राम्रो फलोअर कमाउने गरेका पनि छन् ।

आज हामी सर्वाधिक प्रयोग हुने यस्ता अब्रिभिएसनहरू के-के हुन् भन्ने विषयमा जानकारी दिँदैछाैं । 

१. LMK अर्थात् Let me know

२. ILY अर्थात् I love you. 

३. YOLO अर्थात् You only live once.

४. SMH अर्थात् Shaking my head.

५. LMFAO अर्थात् Laughing my freaking a** off.

६. NVM अर्थात् Never mind.

७. IKR अर्थात् I know, right.

८. OFC अर्थात् Of course.

९. ROFL अर्थात् Rolling on floor laughing. 

१०. STFU अर्थात् Shut the *freak* up.

११. LOL अर्थात् Laughing out loud.

१२. BRB अर्थात् Be right back.

१३. BTW अर्थात् by the way.

१४. TTYL अर्थात् Talk to you later.

१५. G2G अर्थात् Got to go.

१६. WTH अर्थात् What the hell

१७. DM अर्थात् direct message.

१८. HBD अर्थात् Happy birthday

१९. IDC अर्थात् I don’t care

२०. ASAP अर्थात् as soon as possible

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३