close

एटीएम मसिन फोर्न खोज्ने नरेश पुन मगर पक्राउ

टेकपाना टेकपाना

साउन २, २०७९ ९:१९

एटीएम मसिन फोर्न खोज्ने नरेश पुन मगर पक्राउ

कास्की । एटीएम मसिन फोर्न खोज्ने एक जना पक्राउ परेका छन् ।

गत शुक्रबार राति पोखरा महानगरपालिका-८ न्यूरोडस्थित एनआईसी एसिया बैंकको एटीएम मसिन फोर्न खोज्ने रुकुम स्थायी घर भई पोखरा–९ पृथ्वीचोक बस्ने १९ वर्षीय नरेश पुन मगरलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

निज मगरलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३