close

विद्युतीय कार ल्याउँदै साओमी, अर्को महिना सार्वजनिक हुने

टेकपाना टेकपाना

साउन २, २०७९ १२:३८

विद्युतीय कार ल्याउँदै साओमी, अर्को महिना सार्वजनिक हुने

काठमाडौं । विश्वका ठूलाठूला कार निर्माता कम्पनीहरू अहिले धमाधम विद्युतीय कार निर्माण तथा यसका लागि आवश्यक पूर्वाधारको निर्माणमा लागि परेका छन् । अबको भविष्य विद्युतीय सवारी नै हुने बताउँदै केही कम्पनीहरूले त पूर्ण रुपमा विद्युतीय सवारी मात्र निर्माण तथा बिक्री गर्ने घोषणा पनि गरेका छन् ।

बजारमा टेस्लाको उदयका कारण पनि धेरै कम्पनीहरूले भविष्यको रुपमा विद्युतीय सवारीलाई नै लिएका छन् । यसैबीच, प्रविधि क्षेत्रका केही कम्पनीहरू पनि यो क्षेत्रमा प्रवेश गर्न थालेका छन् ।

बाहिरिएको जानकारी अनुसार एप्पल विद्युतीय सवारी सार्वजनिक गर्ने तयारीमा छ । एप्पलले आफ्नो विद्युतीय सवारी कहिलेसम्म  बजारमा ल्याउँछ भन्ने विषयमा अहिले नै निर्क्यौल गर्न भने सकिदैन्न ।

तर सन् २०२२ भने साओमीको हुने भएको छ । चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीले आफ्नो पहिलो विद्युतीय कार अर्को महिना अर्थात अगस्टमा सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले आगामी १० वर्षमा विद्युतीय कारका लागि १० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता पनि जनाइ सकेको छ । यसको अर्थ हो, कम्पनीले अर्को महिना आफ्नो सवारीको प्रोटोटाइप सार्वजनिक गर्दैछ ।

त्यसपछि चाडैँ नै बिक्रीका लागि व्यवसायिक रूपमा बजारमा उतार्ने बताइएको छ । यो सबै प्रकारका प्रयोगकर्ताका लागि तयार हुनेछ वा कम्पनीले केही सीमित प्रयोगकर्तालाई मात्र लक्षित गरेर यो कार सार्वजनिक गर्नेछ भन्नेमा चाहिँ कुनै जानकारी बाहिर आइसकेको छैन । 

बाहिरिएको जानकारी अनुसार कम्पनीले यो गाडीको मूल्य १५,००० अमेरिकी डलरदेखि ४५,०००० अमेरिकी डलरसम्म तोक्ने अनुमान गरिएको छ । यद्यपि उक्त विद्युतीय कारका वास्तविक विवरणहरू भने अर्को महिना कारको अनावरण सँगैआउने नै छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३