close

क्वान्टम चिप र कम्प्युटरका लागि ह्वावेको नयाँ पेटेन्ट दर्ता

टेकपाना टेकपाना

साउन २, २०७९ १३:५४

क्वान्टम चिप र कम्प्युटरका लागि ह्वावेको नयाँ पेटेन्ट दर्ता

काठमाडौं । चिनियाँ कम्पनी ह्वावेले नयाँ पेटेन्ट दर्ता गरेकाे छ । याे पेटेन्ट स्मार्टवाच, एयरबर्ड, स्मार्टफोन तथा अन्य विद्युतीय सामानको नभएर क्वान्टम कम्प्युटरका लागि दर्ता भएकाे हाे ।

आधुनिक विश्वका लागि अत्यावश्यक प्रविधिको रुपमा हेरिएको क्वान्टम प्रविधिमा ह्वावे प्रवेश गरेकाे हाे ।

चिनियाँ निकायमा दर्ता भएको पेटेन्ट अनुसार ह्वावेले क्वान्टम चिपसेटका साथै क्वान्टम कम्प्युटिङ डिभाइस दुवै निर्माण गर्नेछ, जसले हाल क्वान्टम कम्प्युटिङको चिपसेट उत्पादनमा भइरहेको समस्यालाई समाधान गर्ने विश्वास लिइएकाे छ ।

यसले क्वान्टम कम्प्युटिङका लागि आवश्यक चिपसेटको मूल्यलाई समेत घटाउने अपेक्षा छ ।

साथै चिपसेटको एसेम्बल सहज हुने हुँदा उत्पादनको मात्रामा समेत उल्लेख्य वृद्धि हुने विश्लेषण गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३