close

यूएस सर्च अवार्ड २०२२ का लागि नेपाली कम्पनी ग्रो बाई डेटा मनोनित

टेकपाना टेकपाना

साउन ३, २०७९ १६:३४

यूएस सर्च अवार्ड २०२२ का लागि नेपाली कम्पनी ग्रो बाई डेटा मनोनित

काठमाडौं । नेपाली कम्पनी ग्रो बाई डेटा अमेरिकाको ‘यूएस सर्च अवार्ड २०२२’ अन्तर्गत ‘बेस्ट सफ्टवेयर इनोभेसन’ विधामा मनोनित भएको छ । अमेरिकामा समेत कार्यालय रहेको यो कम्पनीले विश्वका चर्चित ब्राण्डहरूका लागि मार्केटिङ इन्टेलिजेन्सको काम गर्दै आएको छ ।

याे विधामा ग्राे बाई डेटासहित विभिन्न १२ कम्पनी मनाेनित भएका छन्, जसको परिणाम अक्टबर १३ (असोज २७) मा सार्वजनिक हुने बताइएकाे छ ।

गुगल एसईआरपीमा सर्च पर्फमेन्स सुधार गर्न चाहेका विभिन्न ब्राण्ड, रिटेलर तथा एजेन्सीलाई सहयोग गर्ने ‘होलिस्टिक सर्च एक्सप्लोरर’ का रूपमा रहेको ग्रो बाई डेटा बेस्ट सर्च इनोभेसनमा मनोनित भएको कम्पनीकी असोसियट कर्पोरेट स्ट्राटेजी मेनेजर सुभेच्छा केसीले जानकारी दिइन् ।

यूएस सर्च अवार्डले अमेरिकामा रहेका विभिन्न कम्पनीहरूलाई उनीहरूले पीपीसी, एसईओ र कन्टेन्ट मार्केटिङको क्षेत्रमा गरेको योगदानलाई मल्याङ्कन गरी अवार्डका लागि मनोनयन गर्ने गर्छ ।

अवार्ड मनोनयनका लागि यूएस सर्च अवार्डले दुई महिनाअघि सूचना प्रकाशित गरेको थियो । त्यसैको आधारमा ग्रो बाई डेटाले आवश्यक सम्पूर्ण विवरण राखी मनोनयनका लागि प्रक्रिया अघि बढाएको थियो ।

त्यसको करिब डेढ महिनापछि कम्पनीले अवार्डका लागि मनोनित भएको ईमेल पाएको थियो ।

अब कम्पनीले उपलब्ध गराएको विभिन्न रिपोर्टका आधारमा निर्णायकले विभिन्न विधाका विजयी कम्पनी घोषणा गर्नेछन् । बाँकी प्रक्रियाका लागि अमेरिकास्थित ग्रो बाई डेटाका कर्मचारीले काम थाल्ने केसीले जानकारी दिइन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३