काठमाडौं । ६०औं इन्जिनियर दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण बासुकला सम्मानित भएकी छन् ।
नेपाल इन्जिनियर्स अशोसियसनको आयोजनामा राजधानीमा आयोजित कार्यक्रममा बासुकलालाई प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आउटस्ट्यान्डिङ युथ प्रोफेसन’ नामबाट सम्मानित गरे ।
टेकपानासँग कुरा गर्दै उपनिर्देशक बासुकलाले भनिन्, “सम्मानित हुन पाउँदा खुशी लागेको छ । साथै यसले आगामी दिनमा सूचना तथा प्रविधिको क्षेत्रमा थप योगदान दिन प्रोत्साहन दिएको छ ।”
नियामक प्राधिकरणमा रही दूरसञ्चारसम्बन्धी विभिन्न कार्यक्रम र नीति ल्याउन भूमिका खेलेकी बासुकला लामो समयदेखि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सक्रिय छन् ।