close

अब उपत्यका बाहिर पनि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने 

टेकपाना टेकपाना

साउन ३, २०७९ २२:२

अब उपत्यका बाहिर पनि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने 

काठमाडौं । अब काठमाडौं उपत्यका बाहिर पनि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने भएको छ । गत बुधबार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा परीक्षणकालीन रूपमा सेवा सुरु भएको यो सेवा अन्य जिल्लामा समेत विस्तार भएको हो । 

आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार बुधबार (४ साउन) देखि काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ्ग र झापामा गरी थप पाँच जिल्लामा अनलाइन सेवा विस्तार गरिएको हो । क्रमशः अन्य जिल्लामा समेत यो सुविधा उपलब्ध गराउने आयोगको तयारी  छ । 

निर्वाचन आयोगले अनलाइनबाटै मतदाता नामावलीको प्रारम्भिक दर्ता कार्यका लागि वेबसाइटमा आधारित ‘भोटर लिस्ट प्रि रजिस्ट्रेसन’ सिस्टम तयार पारेको छ । जसले गर्दा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा पुग्नु नपर्ने बताइएको छ ।  

आयोगका अनुसार फोटो सहितको मतदाता नामावलीमा दर्ता नगरेका नागरिकले आफ्नो नामावली दर्ता गर्न चाहेमा आयोगको वेबसाइटमा गएर व्यक्तिगत विवरण भरी अनलाइनबाटै पेस गर्न सक्नेछन् । यद्यपि अनलाइनबाट मतदाता नामावली दर्ता गराइसकेपछि सङ्केत नम्बर सहितको प्रिन्ट कपी र आवश्यक कागजात लिएर फोटो तथा औँठा छाप दिन सम्बन्धित निर्वाचन कार्यालयमा भने उपस्थित हुनुपर्ने आयोगले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३