close

त्रिवि अन्तर्गतका हरेक इन्जिनियरिङ कार्यक्रममा अब इन्टर्नशिप अनिवार्य

टेकपाना टेकपाना

साउन ४, २०७९ १८:४१

त्रिवि अन्तर्गतका हरेक इन्जिनियरिङ कार्यक्रममा अब इन्टर्नशिप अनिवार्य

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले आफ्ना हरेक इञ्जिनियरिङ कार्यक्रममा इन्टर्नशिप अनिवार्य गर्ने भएकाे छ । यसअघि केही इञ्जिनियरिङका विधामा मात्रै इन्टर्नशिप अनिवार्य गरिएकाे थियो ।

यसपटक कोर्षमै इन्टर्नशिप राखेर अघि बढ्ने योजना ल्याएकाे संस्थानका डिन शशिधर राम जोशीले जानकारी दिए ।

हाल संस्थानअन्तर्गत स्नातक तहमा आर्किटेक, सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एण्ड कम्म्युनिकेसन, कम्प्युटर, जीयोमेटिक्स, मेकानिकल, इन्डस्ट्रियल, केमिकल, एरोस्पेस र अटोमोबाइल इञ्जिनियरिङ्ग गरी कुल ११ कार्यक्रम सञ्चालनमा छन् ।

‘नयाँ पाठ्यक्रम पास भएलगतै इन्टर्नशिप पनि अनिवार्य हुने जाेशीले बताए ।

‘देशभित्रै भएको औद्याेगिक पूर्वाधारलाई प्रयोग गरेर सबै इञ्जिनियरिङ विधाका विद्यार्थीलाई इन्टर्नशिप उपलब्ध गराउन संस्था प्रतिबद्ध छ,’ टेकपानासँग उनले भने ।

उनका अनुसार सम्बन्धनप्राप्त र आंगिक कलेज आफैँले आवश्यक उद्योग/कम्पनीसँग समन्वय गरेर विद्यार्थीलाई इन्टर्नशिप गर्ने उपयुक्त वातावरण मिलाउनुपर्ने छ ।

इन्टर्नशिपको अवधि, प्रक्रियाबारे भने परिमार्जित पाठ्यक्रम लागू भएपछि मात्रै थाहा हुने उनले बताए ।

इञ्जिनियरिङ प्रयोगात्मक विधा भएकाले आईओईले चालेको यो कदमले विद्यार्थीहरुलाई वास्ताविक बजारसँग सहयाेग पुग्ने विश्लेषण गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३