close

विश्वकप फुटबलको रंगशालालाई ड्रोनले सुरक्षा दिने

टेकपाना टेकपाना

साउन ७, २०७९ २०:३८

विश्वकप फुटबलको रंगशालालाई ड्रोनले सुरक्षा दिने

काठमाडौं । कतारमा हुन गइरहेको फिफा विश्वकप फुटबल २०२२ मा प्रयोग हुने रंगशालाहरूमा ड्रोनबाट पनि सुरक्षा प्रदान गरिने भएको छ ।

जमिनको सुरक्षालाई मजबुत बनाइएको, तर आकाशबाट हुनसक्ने आतंकवादी हमला वा अन्य कुनै आक्रमणबाट जोगिन ड्रोनको प्रयोग गरिने कतारी सरकारले बताएको छ ।

बीबीसीमा प्रकाशित समाचार अनुसार खेल भइरहेको समयमा आकाशमा ड्रोनहरूको उपस्थिति भइरहनेछ, जसले रंगशालामा सुरक्षा प्रत्याभूत गर्नेछ ।

कतार सरकारले ‘फोर्टेम टेक्नोलोजिज’ सँग सहकार्य गरेर विश्वकपको समयमा ड्रोनबाट सुरक्षा दिन लागेको हो । यी ड्रोनहरूले अन्य सम्भावित ड्रोन आक्रमणहरूलाई रोक्नेछन् ।

साना ड्रोनहरू प्रयोग गरेर रंगशालामा कुनै आक्रमण हुन लागेको खण्डमा यी इन्टरसेप्टर ड्रोनहरूले रोक्ने बताइएकाे छ ।

ठूला ड्रोनहरूबाट आक्रमण हुने खण्डमा भने यी स्वचालित ड्रोनहरू आपसमा मिलेर रोक्नेछन् । ठूला ड्रोन आक्रमण रोक्नको लागि यी स्वचालित ड्रोनहरूले जालो पनि प्रयोग गर्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३