close

एसएमएस गरेर एसईईको नतिजा थाहा पाउन सकिने

टेकपाना टेकपाना

साउन ९, २०७९ १३:१

एसएमएस गरेर एसईईको नतिजा थाहा पाउन सकिने

काठमाडौं । एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले एसईईको नतिजा उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयसँग साझेदारी गर्दै स्प्यारोले हरेक वर्षझैं एसईई २०७८/७९ को नतिजा पनि एसएमएसबाटै हेर्ने सुविधा दिन लागेको हो ।

नतिजा थाहा पाउन मोबाइलको मेसेज बक्समा गई आफ्नो सिम्बोल नम्बर टाइप गरेर एउटा स्पेस दिई ३५००१ मा एसएमएस पठाउनुपर्ने हुन्छ ।

परीक्षा नियन्त्रण कार्यालयले बिहीबारसम्म नतिजा प्रकाशित गर्ने तयारी गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३