काठमाडौं । डिजिटल भुक्तानीप्रति प्रयोगकर्तालाई आकर्षित गर्ने लक्ष्यसहित डिजिटल वालेट खल्तीले आयोजना गरेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्पन्न भएको छ ।
जेठ १२ देखि सञ्चालन भएको यो अफरमा पाँच लाखभन्दा बढी प्रयोगकर्ताले एक करोड पटकभन्दा बढी सङ्ख्यामा कारोबार गरेको कम्पनीले बताएको छ ।
यो अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले क्याशब्याकसँगै अन्य थुप्रै उपहार जित्ने मौका पाएका थिए ।
साथै हरेक दिन १ बजेदेखि सुरु हुने फायरसेल (Firesale) अन्तर्गत दुई लाखभन्दा बढी प्रयोगकर्ता लाभान्वित भएका थिए, जसमा ५० प्रतिशतसम्म क्याशब्याक प्रदान गरिएको कम्पनीले जनाएको छ ।
यही अफरअन्तर्गत तीन जनाले बजाज पल्स एनएस १६० एबीएस मोटरसाइकल जित्न सफल भए भने ७६ जना प्रयोगकर्ताले पुरस्कारस्वरूप समग्रमा सात ओटा वनप्लसको ४३ इन्चको स्मार्ट टिभी, १४ ओटा स्मार्टफोन, ५२ ओटा हवाई टिकट एक रुपैयाँमा र लक्की ड्रमार्फत ५२ ओटा स्मार्टब्याण्ड प्राप्त गरेका छन् ।
आगामी दिनमा पनि डिजिटल भुक्तानीप्रति सबै नेपालीलाई प्रोत्साहन गर्न खल्तीले अन्य अफर र पुरस्कार याेजना ल्याउने कम्पनीले जनाएको छ ।