close

‘ई-लर्निङ’मा देशभर १० कक्षाका विद्यार्थीबीच निबन्ध प्रतियोगिता गर्दै निमा एकेडेमी

टेकपाना टेकपाना

साउन १३, २०७९ १८:२३

‘ई-लर्निङ’मा देशभर १० कक्षाका विद्यार्थीबीच निबन्ध प्रतियोगिता गर्दै निमा एकेडेमी

काठमाडौं । ‘अनलाइन लर्निङ प्लेटफर्म’ (अनलाइन सिकाइको माध्यम) निमा एकेडेमीले राष्ट्रिय स्तरको निबन्ध प्रतियोगिता आयोजना गरेको छ । कक्षा १० मा अध्ययनरत देशभरका विद्यार्थीलाई लक्षित गर्दै कम्पनीले यो प्रतियोगिता आयोजना गरेको हो ।

कक्षा १० मा अध्ययनरत इच्छुक विद्यार्थीहरूले ‘द स्कोप अफ ईलर्निङ इन नेपाल’ अर्थात ‘नेपालमा ई–लर्निङको दायरा’ विषयमा निबन्ध लेखेर पठाउनु पर्नेछ । प्रतियोगीले नेपाली शिक्षा जगतमा ई–लर्निङको महत्व, चुनौती, अवसर आदिको बारेमा समीक्षा, अपडेट सहितको विश्लेषणात्मक परिधिमा रहेर निबन्ध लेख्नुपर्ने जनाइएको छ ।

निबन्ध कम्तिमा पनि १२०० शब्दको हुनुपर्नेछ । सहभागी हुन चाहनेले यही साउन २५ गतेसम्म आफ्नो र आफू अध्ययनरत विद्यालयको नाम खुलाएर निबन्धलाई इन्फो एट निमाएकेडेमी डटकम (ईमेलका लागि यहाँ क्लिक गर्नुहोस्) मा ईमेल पठाउन सक्नेछन् ।

कम्पनीका अनुसार प्रतियोगिताको नतिजा यही साउन २७ गते घोषणा गरिने छ । निबन्ध प्रतियोगितामा प्रथम हुनेले ३ हजार रुपैयाँ र एउटा गुडी ब्याग पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै दोस्रो हुनेलाई दुई हजार रुपैयाँ र गुडी ब्याग तथा तेस्रोलाई एक हजार रुपैयाँ र एउटा छाता पुरस्कार दिइनेछ । साथै विजेताहरूलाई एक वर्षका लागि निमा एकेडेमीको ई-लर्निङ कोर्स सब्सक्रिप्सन पनि निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३