close

भारतमा प्ले स्टोर र एप स्टोरबाट एकाएक गायब भयो ब्याटल ग्राउन्ड मोबाइल गेम

टेकपाना टेकपाना

साउन १३, २०७९ २०:१३

भारतमा प्ले स्टोर र एप स्टोरबाट एकाएक गायब भयो ब्याटल ग्राउन्ड मोबाइल गेम

काठमाडौं । भारतमा पब्जी माथि प्रतिबन्ध लागेपछि सार्वजनिक गरिएको ‘ब्याटल ग्राउन्ड मोबाइल इन्डिया’ (बीजीएमआई) एकाएक प्ले-स्टोर तथा एप स्टोर गायब भएको छ । केही समय अगाडि भारतमा यस्तै गरी फ्री फायर गेमलाई पनि प्ले-स्टोरबाट हटाइएको थियो ।

जुन अहिलेसम्म पनि प्ले-स्टोरमा पुनः फर्किन सकेको छैन । सेप्टेम्बर २०२० मा भारतमा पब्जी माथि प्रतिबन्ध लागेपछि जुलाई ,२०२१ सार्वजनिक गरिएको गेम बीजीएमआईले एक वर्षमा ठूलै सफलता पाएको थियो ।

एक वर्षको अवधिमा बीजीएमआईले १० करोड भन्दा धेरै डाउनलोड बटुल्न सफल भएको थियो । अहिले अचानक प्ले-स्टोर तथा एप स्टोरबाट यो गेम हट्दा धेरैले पुनः प्रतिबन्धमा परेको अनुमान लगाइरहेका छन् ।

तर यसलाई किन अचानक हटाइयो भन्ने कुराको कुनै आधिकारिक जानकारी बाहिर आएको छैन । केही समयदेखि भारतमा बीजीएमआई कारण हत्या, हिंसा, लुटपाट तथा चोरी बढ्दै गएको भन्दै त्यसमाथि प्रतिबन्ध लगाइएको हुनसक्ने अन्दाज गरिएको छ ।

जुन विषयलाई लिएर भारतको संसद्‍मा बेलाबेलामा कुरा समेत उठ्दै आएको थियो । बीजीएमआईको डेभलपर कम्पनी क्राफ्टनले पनि किन प्ले स्टोर र एप स्टोरबाट गेम हटाइयो भन्ने बारेमा कुनै जानकारी नभएको बताएको छ ।

धेरैले डेटा अनियमितताको कारण प्रतिबन्ध लगाइएको हुनसक्ने अनुमान समेत गरेका छन् । बीजीएमआईलाई प्ले स्टोर तथा एप स्टोरबाट हटाइए पनि पब्जी न्यु स्टेटलाई भने हटाइएको छैन । जुन पब्जीको भविष्य केन्द्रित भर्सन हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३