close

अब एउटै ट्वीटमा फोटो, भिडिओ र गिफ जोडेर राख्न मिल्ने 

टेकपाना टेकपाना

साउन १४, २०७९ १५:२६

अब एउटै ट्वीटमा फोटो, भिडिओ र गिफ जोडेर राख्न मिल्ने 

काठमाडौं । हाल ट्वीट गर्दा फोटो, भिडिओ र गिफजस्ता विभिन्न मिडिया सामग्री एकैपटक राख्न मिल्दैन । अहिले एउटै ट्वीटमा चार ओटासम्म तस्वीर र एउटा भिडिओ अथवा गिफ राख्न मिल्ने सुविधा छ ।

अब भने कम्पनीले यो फिचरलाई हटाएर एउटै ट्वीटमा सबै प्रकारको मिडिया सामग्रीहरू पोस्ट गर्न मिल्ने फिचर ल्याउने तयारी गरेकाे छ ।  

हाल यो फिचर परीक्षणको क्रममा रहेको र केही प्रयोगकर्ताका लागि उपलब्ध गराइएकाे कम्पनीले जनाएकाे छ । २८० शब्दको सीमितता र यी मिडिया सामग्रीहरुको प्रयोग एउटै ट्वीटमा प्रयोगकर्ताले कसरी गर्नेछन् भन्ने विषयको पनि परीक्षण हुने कम्पनीले जनाएको छ ।

बाहिरिएका समाचार अनुसार हाल ट्वीटर ब्लु सब्सक्रिप्सन लिएका केही प्रयोगकर्ताहरूले यो फिचर प्रयोग गरिरहेका छन् ।

उनीहरुको अनुभवको आधारमा फिचरमा के परिवर्तन गर्ने वा नगर्ने तथा पूर्ण रुपमा कहिले तयार हुने लगायतका कुराहरू टुङ्गो लगाइने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३