close

खल्तीले माग्यो ९७ जना डेभलपर कर्मचारी, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

साउन २०, २०७९ १८:४०

खल्तीले माग्यो ९७ जना डेभलपर कर्मचारी, यसरी दिनुहोस् आवेदन

काठमाडौं । डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीले एकैसाथ ठूलो संख्यामा कर्मचारीहरू माग गरेको छ । कम्पनीको दायर विस्तार हुँदै जाँदा आवश्यक पदपूर्तिका लागि कम्पनीले ठूलो संख्यामा रोजगारीको अवसर खुलाएको हो ।

आज एक सूचना जारी गर्दै कम्पनीले विभिन्न पदहरूका लागी कुल ९७ जना कर्मचारीको माग गरेको छ । माग गरिएको कर्मचारीहरूमा १७ जना फ्रन्ट-इन्ड रियाक्ट डेभलपर, १६ जना जुनियर अफिसर टेकअप्स र १९ जना पाइथन डेभलपर रहेका छन् ।

यसैका साथै कम्पनीले १८ जना डटनेट डेभलपर, १३ जना फ्लटर डेभलपर र १४ जना फुलस्ट्याक डेभलपर पनि माग गरेको छ । कम्पनीको माग अनुसार आफ्नो क्षेत्र र रुचि अनुसार आवेदन दिन सकिने छ ।

आवेदनका लागि यहाँ क्लिक गरी अवश्य जानकारी उपलब्ध गराउन सक्नुहुनेछ । आवेदन कहिले सम्म दिन सकिन्छ भन्ने विषयमा भने कम्पनीले कुनै मिति तय गरको छैन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३