close

नयाँ रकेटको पहिलो प्रक्षेपणमा भारत असफल

टेकपाना टेकपाना

साउन २३, २०७९ १२:२४

नयाँ रकेटको पहिलो प्रक्षेपणमा भारत असफल

काठमाडौं । आइतबार भारतले प्रक्षेपण गरेको नयाँ स्याटलाइट (भू-उपग्रह) असफल भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले दुईओटा नयाँ स्याटलाइट प्रक्षेपण गरेको थियो । तर, सेन्सरमा आएका कमजोरीका कारण दुवै स्याटलाइट गलत कक्षमा पुगेको बताइएको छ ।

साना स्याटलाइट नै गलत कक्षमा पुगेसँगै भारतको मानवयुक्त स्याटलाइट प्रक्षेपण गर्ने योजनामा असर पर्ने देखिएको छ । आइतबार बिहान भारतीय समयअनुसार ९ बजेर १८ मिनेट जाँदा उक्त स्याटलाइट प्रक्षेपण गरिएको थियो ।

प्रक्षेपण भएको केही घण्टाभित्रै इसरोले सेन्सरमा आएको कमजोरीका कारण स्याटलाइट गलत कक्षामा पुगेको र अब उक्त स्याटलाइटले काम नगर्ने जानकारी दिएको थियो ।

‘सबै चरण सामान्य रुपमा अघि बढेको थियो । दुवै स्याटालाइट सफल रुपमा इन्जेक्टेड भएका थिए,’ इसरोले भनेको छ, ‘तर, अर्बिट सोचेको भन्दा कम सक्रिय हुँदा स्याटलाइट अस्थिर हुन पुगेको छ ।’

योसँगै दुवै स्याटलाइट अर्बिटबाट तल आइसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३