close

प्लसटु र क्याम्पस पढ्ने विद्यार्थी लक्षित आईटी मिट आयोजना गर्दै काठमाडौं विश्वविद्यालय

टेकपाना टेकपाना

साउन २७, २०७९ १४:३९

प्लसटु र क्याम्पस पढ्ने विद्यार्थी लक्षित आईटी मिट आयोजना गर्दै काठमाडौं विश्वविद्यालय

काठमाडौं । काठमाडौं विश्वविद्यालयले काठमाडौं मिट २०२२ आयोजना गर्ने भएको छ । विश्वविद्यालयको कम्प्युटर क्लबको आयोजनामा अगस्ट १३ र १४ गतेका दिन धुलिखेल स्थित केन्द्रिय क्याम्पसमा यो कार्यक्रम हुने भएको हो ।

हरेक वर्ष आयोजना हुने आईटी मिट कोभिड महामारीका कारण पछिल्ला तीन वर्ष स्थगित रहेको थियो । काठमाडौं विश्वविद्यालयको कम्प्युटर तथा इन्जिनियरिङ विभागको समेत सहयोग रहेको यस पटकको आईटी मिटमा एफवन सफ्ट टाइटल स्पोन्सरको रुपमा रहेको छ । 

दुई दिने आईटी मिटमा केयू ह्याक फेस्ट, रोबो फुटबल, कोड क्याम्प, आइडिया पिचिङ, करियर फेयर, अल्मुनाई मिटका साथै रक्तदान जस्ता कार्यक्रम रहेका छन् । आईटी क्विज, पेनिट्रेसन टेस्टिङ, कोडिङ, एआई, सफ्टवेयर, हार्डवेयर, डिजाइन, गुगलिङ कम्प्युटिङ, आदि प्रतिस्पर्धा समेत कार्यक्रममा समावेश छन् ।  

कार्यक्रमलाई लक्षित गर्दै पब्जी, फिफा, भ्यालोरेन्ट, डोटा, क्लाश रोयल जस्ता गेमिङ प्रतिस्पर्धा समेत भइरहेको छ । आईटी मिटलाई लक्षित गर्दै क्लबले विभिन्न विद्यालय तथा क्याम्पसहरूमा वर्कशप र अनलाइन कार्यक्रम सम्पन्न गरिसकेको छ । 

विशेषतः एसईई सकाएका, प्लस टु तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी यो कार्यक्रम आयोजना गर्न लागिएको हो । यद्यपि इच्छुक जो कोही आईटी मिटमा आउन सक्ने बताइएको छ । कार्यक्रम भोलि शनिबार र पर्सी आइतबार बिहान १० बजेदेखि सुरु भएर ४ बजेसम्म चल्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३