close

पब्जीमा हरेक दिन थपिन्छन् ८० हजार नयाँ प्रयोगकर्ता 

टेकपाना टेकपाना

साउन २८, २०७९ १२:५८

पब्जीमा हरेक दिन थपिन्छन् ८० हजार नयाँ प्रयोगकर्ता 

काठमाडौं । प्लेयर अननोन्स ब्याटलग्राउन्ड (पब्जी) मा प्रत्येक दिन ८० हजार नयाँ प्रयोगकर्ता थपिने गरेको पाइएकाे छ ।

पब्जी निर्माता कम्पनी क्राफ्टनले हालै सार्वजनिक गरेको एक रिपोर्टमा गेमका उल्लेख्य संख्यामा नयाँ प्रयाेगकर्ता बढिरहेकाे उल्लेख छ ।

कम्पनीले गत आफ्नो व्यावसायिक रणनीतिलाई ‘फ्रि-टु-प्ले’ मोडेलमा रुपान्तरण गरेदेखि मुख्यतः पब्जीको पीसी भर्सनका प्रयोगकर्ताको संख्या वृद्धि भएको रिपोर्टमा उल्लेख छ ।

प्रयोगकर्ता बढेसँगै कम्पनीको आम्दानी पनि बढेको छ । रिपोर्ट अनुसार कम्पनीकाे कमाइ गत वर्षको पहिलो छ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा २० प्रतिशतले बढेको छ ।

कम्पनीले आफ्नो कुल आम्दानी कति भयो भनेर रिपोर्टमा उल्लेख नगरे पनि पब्जी मोबाइलबाट मात्र ५५ करोड डलर आम्दानी गरेको बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३