काठमाडौं । टिभी हेर्ने तरिका मानिसपिच्छे फरक-फरक हुनसक्छ । बालबच्चा स्वभावैले टिभी नजिक बस्न रूचाउँछन् । त्यस्तै कम सुन्ने, देख्ने बुढापाका आमा बुबाहरू पनि नजिकै गएर टिभी हेर्ने गरेको पाउँछौं ।
कतिपय युवा उमेर समूहका मानिसहरू पनि टिभी हेर्न सकभर नजिकै जान्छन् । तर हामीमध्ये धेरैलाई नजिकबाट टिभी हेर्न हुन्न, आँखामा समस्या आउँछ, टाउको दुख्छ भन्ने सोच छ ।
उसाे भए टिभी हेर्ने उत्तम तरिका के हाे त ? कति टाढा बसेर टिभी हेर्ने ?
वास्तवमा कति टाढाबाट टिभी हेर्दा उपयुक्त हुन्छ भन्ने कुराको कुनै निश्चित मापदण्ड नै छैन । फरक-फरक व्यक्ति र संस्थाले यस विषयमा आफ्नो धारणा राखेका छन् ।
समग्रमा हेर्दा भने टिभी हेर्दा बस्ने दूरी टिभीको आकारमा नै निर्भर गर्छ ।
यस विषयमा अमेरिकास्थित ‘सोसाइटी अफ मोसन पिक्चर एन्ड टेलिभिजन इन्जिनियर्स’ले एउटा मापदण्ड बनाएको छ ।
सो मापदण्ड अनुसार टिभीको डिस्प्ले साइजलाई ३० डिग्रीको एंगलबाट हेर्दा सो एंगलको १.६२ गुणाको दूरीमा बसेर टिभी हेर्नु उचित हुन्छ ।
अर्थात् ५५ इन्चको टिभी हेर्दा ७.५ फिट पर बसेर टिभी हेर्नु उपयुक्त हुन्छ । अन्य आकारका टिभीका लागि तल उल्लेख गरिएको छ ।
| टिभीको आकार | टिभी हेर्ने दूरी |
| ३० इन्च | ४.१ फिट |
| ३५ इन्च | ४.८ फिट |
| ४० इन्च | ५.५ फिट |
| ४५ इन्च | ६.१ फिट |
| ५० इन्च | ६.८ फिट |
| ५५ इन्च | ७.५ फिट |
| ६० इन्च | ८.२ फिट |
| ६५ इन्च | ८.९ फिट |
| ७० इन्च | ९.५ फिट |
| ७५ इन्च | १०.२ फिट |
| ८० इन्च | १०.९ फिट |
| ८५ इन्च | ११.६ फिट |
त्यसैगरी अडियो/भिडिओको क्षेत्रमा उच्च मापदण्ड निर्धारण गर्ने चर्चित कम्पनीको रुपमा परिचित टीएचएक्सले भने प्रयोगकर्ताको लागि टिभी हेर्ने दूरी टिभीको आकार अनुसार अधिकतम र न्यूनतम दूरीमा छुट्टाएको छ ।
| टिभीको आकार | टिभी हेर्ने न्यूनतम दूरी | टिभी हेर्ने अधिकतम दूरी |
| ३० इन्च | ३ फिट | ४.५ फिट |
| ३५ इन्च | ३.५ फिट | ५.२५ फिट |
| ४० इन्च | ४ फिट | ६ फिट |
| ४५ इन्च | ४.५ फिट | ६.७५ फिट |
| ५० इन्च | ५ फिट | ७.५ फिट |
| ५५ इन्च | ५.५ फिट | ८.२५ फिट |
| ६० इन्च | ६ फिट | ९ फिट |
| ६५ इन्च | ६.५ फिट | ९.७५ फिट |
| ७० इन्च | ७ फिट | १०.५० फिट |
| ७५ इन्च | ७.५ फिट | ११.२५ फिट |
| ८० इन्च | ८ फिट | १२ फिट |
| ८५ इन्च | ८.५ फिट | १२.७५ फिट |
माथि दिइएको दुई कम्पनीहरुको दूरी टिभीका लागि मात्र नभई सिनेमालाई पनि लक्षित गरी बनाइएको मापदण्ड हो ।
टिभी हेर्ने दूरी मापदण्ड तयार गर्ने कम्पनीमा सोनी पनि एक हो । सोनीले टिभी हेर्नको लागि आवश्यक आफ्नो एउटा छुट्टै मापदण्ड तयार गरेको छ ।
सोनीले फरक-फरक टिभीका लागि फरक-फरक दूरीको मापदण्ड बनाएको छ, जसलाई धेरैले विश्वसनीय र उपयोगी मापदण्डको रुपमा पनि लिने गरेका छन् ।
| टिभीको स्क्रिनको आकार | टिभीको भर्टिकल आकार | फोरके टिभी हेर्ने दूरी | एचडी टिभी हेर्ने दूरी | एसडी टिभी हेर्ने दूरी |
| ३२ इन्च | १५.७ इन्च | २ फिट | ४ फिट | ८ फिट |
| ४० इन्च | १९.६ इन्च | २.४ फिट | ४.९ फिट | ९.८ फिट |
| ४३ इन्च | २१.१ इन्च | २.६ फिट | ५.२ फिट | १०.४ फिट |
| ५० इन्च | २४.५ इन्च | ३.१ फिट | ६.२ फिट | १२.४ फिट |
| ५५ इन्च | २७ इन्च | ३.४ फिट | ६.८ फिट | १३.६ फिट |
| ६० इन्च | २९.४ इन्च | ३.७ फिट | ७.४ फिट | १४.८ फिट |
| ६५ इन्च | ३१.९ इन्च | ४ फिट | ८ फिट | १६ फिट |
| ७० इन्च | ३४.३ इन्च | ४.३ फिट | ८.६ फिट | १७.२ फिट |
| ७५ इन्च | ३६.८ इन्च | ४.६ फिट | ९.२ फिट | १८.४ फिट |
| ८० इन्च | ३९.२ इन्च | ४.९ फिट | ९.८ फिट | १९.६ फिट |
| ८५ इन्च | ४१.७ इन्च | ५.२ फिट | १०.४ फिट | २०.८ फिट |
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
