‘क्रिप्टोकरेन्सी र हाइपर फण्डमा लगानी नगर्नुहोस्, कानून अनुसार कारबाही हुन्छ’
साउन ३०, २०७९ १८:३०
काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, हाइपर फण्ड तथा नेटवर्क मार्केटिङ लगायतका विषय गैरकानूनी भन्दै यसमा लगानी नगर्न पुनः आग्रह गरेको छ ।
सोमबार सूचना जारी गर्दै यस्ता कारोबार/व्यवसायले कानूनी मान्यता नपाएको भन्दै कारोबार नगर्न केन्द्रीय बैंकले चेतावनी दिएको हो ।
‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीले कानूनी मान्यता नपाएकोले उक्त कारोबार गर्दा सर्वसाधारण ठगिने, पूँजी पलायन हुने भन्दै कारोबारमा संलग्नलाई कानुनी अनुसार कारबाही हुनेछ,’ केन्द्रीय बैंकको सूचनामा भनिएको छ ।
नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबार गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपाल बाहिर रहेका कम्पनीहरुले समेत यस्तो कार्य गरेको पाइएमा कारबाही गरिने बैंकले जनाएकाे छ ।
Virtual Currency/Cryptocurrency, Network Marketing तथा Hyper Fund कारोबार गैरकानुनी रहेकोसम्बन्धी सूचना pic.twitter.com/d5BXX9goNz
— Nepal Rastra Bank (@NepalRastraBank) August 15, 2022
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
