close

क्रिप्टो कम्पनीका संस्थापक भन्छन्- मेटा र माइक्रोसफ्ट ‘डिजिटल तानासाही’ हुन्

टेकपाना टेकपाना

भदौ ४, २०७९ १६:१३

क्रिप्टो कम्पनीका संस्थापक भन्छन्- मेटा र माइक्रोसफ्ट ‘डिजिटल तानासाही’ हुन्

काठमाडौं । लामो समयदेखि ठूला प्रविधि कम्पनीहरू डिजिटल संसारमा एकाधिकार राखेको भन्दै आलोचित हुँदै आएका छन् । यही विषयमा हङकङका एक क्रिप्टोकरेन्सी कम्पनीका संस्थापकले आफ्नो अभिव्यक्ति दिएका छन् ।

हङकङको ‘एनिमोका ब्रान्ड्स’ नामक क्रिप्टो कम्पनीका संस्थापक ‘यात सिउ’ले ठूला प्रविधि कम्पनीहरूले अनलाइनको दुनियाँमा आफ्नो प्रभुत्व जमाउन खोजेको आरोप लगाएका छन् ।

सिउको कम्पनीले वित्त, गेमिङ र ब्लकचेनमा फैलिएका ३४० भन्दा बढी कम्पनीहरूमा लगानी गरेको गरेको छ ।

ब्लुमबर्गसँगको कुराकानीमा उनले बजारमा भएका ठूला भनिएका प्रविधि कम्पनीहरूको प्रभुत्वलाई भत्काउनु नै आफ्नो लक्ष्य रहेको बताएका छन् ।

डिजिटल सम्पत्तिहरूको प्रभुत्व प्रयोगकर्तामा नै हुने भएको हुँदा यसमा प्रविधि कम्पनीले केही गर्न नपाउने भन्दै उनले प्रयोगकर्ताको डिजिटल स्वामित्व प्रयोगकर्तालाई फर्काउन आफूले प्रयास गरिरहेको पनि बताए ।

उनले मेटा र माइक्रोसफ्टलाई ‘डिजिटल तानासाही’ (डिजिटल डिक्टेटरशिप) भनेर भने व्याख्या गरेका छन् ।

सैद्धान्तिक रूपमा ‘वेब थ्री’लाई इन्टरनेटको भविष्य मानिन्छ, जुन ब्लकचेनमा आधारित हुन्छ र यही बल्कचेनमार्फत क्रिप्टोकरेन्सीको कारोबार हुने गरेको छ ।

यो प्रविधिलाई मेटा, गुगल, एप्पल लगायत ठूला प्रविधि कम्पनीहरूले नियन्त्रण गर्न सक्दैनन् ।

यसको अर्थ हो, डेटा कसैको सर्भरमा रहनेभन्दा पनि विकेन्द्रित भएर रहने हुँदा यसले प्रयोगकर्ताको डिजिटल सम्पत्तिको अधिकार प्रयोगकर्तालाई नै दिने सिउको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४