काठमाडौं । अब देशैभरका सैलुनमा क्यूआर कोडबाट दारी, कपाल काटेको पैसा भुक्तानी गर्न सकिने भएको छ । यसका लागि माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।
हालै एक कार्यक्रम गरी बैंकले नाई संघलाई क्यूआर कोड हस्तान्त्रण गरेको हो ।
यसबाट देशका विभिन्न स्थानमा रहेका तीन लाखभन्दा बढी सैलुन व्यवसायी लाभान्वित हुने जनाइएको छ ।
क्यूआर हस्तान्तरणपछि ग्राहकले नाई संघमा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिएवापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ एपमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।