close

चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न

टेकपाना टेकपाना

भदौ ६, २०७९ १०:५८

चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ ।

सूचना प्रविधिको विकाससँगै वस्तु तथा उत्पादनको प्रर्वद्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यका साथ चेम्बरले डिजिटल मार्केटिङसँग सम्बन्धित तालिम आयोजना गरेको थियो ।

एक सातासम्म चलेको तालिममा ३४ जना महिला व्यवसायीको सहभागिता रहेको थियो ।

तालिमको समापन अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिलालाई मुलुकको आर्थिक क्रियाकलापमा सहभागी गराउन तालिमको आयोजना गरिएको बताइन् ।

त्यस्तै ‘सूचना प्रविधिमा महिला’ नामक संस्थाकी अध्यक्ष गुणकेशरी प्रधानले महिलाहरूको सशक्तीकरणका लागि नेपाल महिला चेम्बरसँग सहकार्य गर्ने तयारी भइरहेकाे उल्लेख गरिन् ।

महिला उद्यमशीलता विकास गर्न भन्दै चेम्बरले यसअघि फोटोग्राफी, मैनबत्ती बनाउने तथा बेकरी तालिम आयोजना गरिसकेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४