close

गल्याङका सबै स्थानमा पुग्यो टेलिकमको एफटीटीएच सेवा

टेकपाना टेकपाना

भदौ ६, २०७९ ११:२९

गल्याङका सबै स्थानमा पुग्यो टेलिकमको एफटीटीएच सेवा

काठमाडौं । नेपाल टेलिकमले गल्याङका सम्पूर्ण स्थानमा फाइबर इन्टरनेट सेवा उपलब्ध गराएको छ । उक्त स्थानमा रहेको पीएसटीएनलाई पूर्णरुपमा एफटीटीएचमा रूपान्तरणको काम सम्पन्न भएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले जनाएको छ ।

करादी बजारमा भएको पछिल्लो विस्तारसँगै गल्याङ पूर्णरुपमा एफटीटीएचको पहुँचमा पुगेको हो । यसले त्यहाँका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डेटा प्रयोग गर्न सक्ने नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए ।

उनले भने, ‘पीएसटीएन टु एफटीटीएच पूर्ण माइग्रेसन हुँदा आफूले चाहेको इन्टरनेट स्पीड सहजै प्राप्त गर्नुका साथै प्रविधिमैत्री समाज निर्माणमा सहयोग पुग्नेछ ।’

गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले नेपाल टेलिकमले प्रदान गरेको सेवाले नगरवासी सन्तुष्ट रहेको जानकारी दिँदै एफटीटीएच पूर्ण माइग्रेसनले सहरी सौन्दर्यतामा समेत सहयोग पुग्ने बताएका छन् ।

त्यसैगरी नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका प्रमुख रवि मानन्धरले एफटीटीएच सेवाको क्रमिक विस्तारले आम उपभोक्ताको जनजिवन विकसित बन्दै गएको बताएका छन् ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४