close

रियलमीको सस्तो स्मार्टफोन नेपाली बजारमा

टेकपाना टेकपाना

भदौ ७, २०७९ ८:१३

रियलमीको सस्तो स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । रियलमीले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले हालै ‘रियलमी सी३०’ मोडलको सस्तो स्मार्टफोन नेपाली उपभोक्ताका लागि उपलब्ध गराउन थालेको हो ।

युनिसक टाइगर टी६१२ चिपबाट सञ्चालित फाेन अल्ट्रा स्लिम भर्टिकल डिजाइनमा आएको छ ।

२/३२ जीबी भेरियन्टको मूल्य १३ हजार ४९९ रूपैयाँ र ४/६४ जीबी भेरियन्टको मूल्य १९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

फोनको हाइ स्पिड फ्ल्याश स्टोरेजले तीन गुणासम्म छिटो डेटा रिड र राइट गर्नसक्ने कम्पनीकाे भनाइ छ ।

यसमा पछाडिको क्यामेरा ८ मेगापिक्सेलको छ भने अगाडिको क्यामेरा ५ मेगापिक्सेलको छ ।

फोनमा ५००० एमएएचको ब्याट्री छ । कम्पनीका अनुसार याे फाेन स्ट्यान्डबाइ मोडमा ४५ दिनसम्म टिक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४