close

विद्युतीय स्कुटर खरिद गर्न किन डराउँछन् उपभाेक्ता ? यसाे भन्छ अध्ययन

टेकपाना टेकपाना

भदौ ७, २०७९ १७:२४

विद्युतीय स्कुटर खरिद गर्न किन डराउँछन् उपभाेक्ता ? यसाे भन्छ अध्ययन

काठमाडौं । अहिले विश्वव्यापी रूपमा विद्युतीय सवारीकाे बजार बढ्दाे छ । सँगसँगै चुनाैती पनि थपिँदैछन् । विशेषगरी सवारीकाे सुरक्षा र कार्यक्षमताको विषय उपभाेक्ताकाे प्राथमिकतामा पर्ने गरेकाे पाइन्छ ।

एक सर्वेक्षणले भने विद्युतीय स्कुटर किन्न उपभाेक्ता डराउने गरेकाे निष्कर्ष निकालेकाे छ ।

पछिल्लो समय केही विद्युतीय स्कुटरमा आगलागी भएकाे घटना सार्वजनिक भएपछि उपभाेक्ता डराएकाे निष्कर्ष साे अध्ययनले निकालेकाे छ ।

एक अनलाइन प्लेटफर्म लोकल सर्कल्सले भारतमा गरेको सर्वेक्षणमा विद्युतीय स्कुटरकाे सुरक्षा र त्यसको पर्फर्मेन्सलाई लिएर ३२ प्रतिशतभन्दा बढी ग्राहक विश्चस्त नभएको पाइएको हो ।

सर्वेक्षणमा भारतका २९२ जिल्लामा रहेका ११ हजार ग्राहकबाट यसको प्रतिक्रिया लिइएको थियो ।

विविध सवालमध्ये सर्वेक्षणमा सहभागीले विद्युतीय स्कुटरमा हुने आगलागीका घटनालाई प्राथमिकतामा राखेका छन् ।

भारतका विभिन्न सहरमा गत मार्चदेखि अप्रिल महिनाको अवधिमा करिब दुई दर्जन बढी विद्युतीय स्कुटरमा आगलागी भएको घटना बाहिर आएको थियो ।

यसरी दिनानुदिन विद्युतीय स्कुटरमा आगलागीका घटना बढ्दा नयाँ सवारी किन्न सर्वेक्षणका सहभागी अनिच्छुक देखिएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३