close

एलजीको दशैं तिहार अफर, घरायसी सामान किन्दा छुट र उपहार पाइने

टेकपाना टेकपाना

भदौ ९, २०७९ १५:३७

एलजीको दशैं तिहार अफर, घरायसी सामान किन्दा छुट र उपहार पाइने

काठमाडौं । एलजीले दशैं तिहार २०७९ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान ‘चाडपर्वको समय उपहार र नगदमय’ सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत एलजीका घरायसी सामान र होम इन्टरटेनमेन्ट उपकरण खरिदमा विशेष नगद छुट तथा उपहारहरु पाइने भएकाे छ ।

टिभी, साउन्ड बार र होम अडियोको खरिदमा ग्राहकहरुले नगद छुट प्राप्त गर्न सकिने एलजीका लागि नेपालको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्सले जनाएकाे छ ।

त्यस्तै ग्राहकले एलजी साइड-बाइ-साइड फ्रेन्च डोर रेफ्रिजरेटरको खरिदमा इलेक्ट्रिक कुकर वा ओभन, डबल डोर रेफ्रिजरेटरको खरिदमा ग्यास स्टोभ वा ह्याण्ड ब्लेन्डर र सिङ्गल डोर रेफ्रिजेरेटरको खरिदमा नगद छुट प्राप्त गर्ने पनि कम्पनीले जनाएकाे छ ।

त्यस्तै एलजी डिशवासरको खरिदमा डिशवासर कीट प्राप्त गर्न सकिने छ ।

एलजी माइक्रोवेभ ओभन खरिदमा खाना पकाउने कीट निःशुल्क र एलजी भ्याकुम क्लिनरको खरिदमा नगद छुट पाइने छ ।

एलजी वाशिङ मसिन फ्रन्ट लोड (९ केजीमाथि) वासर ड्रायर को खरिदमा इण्डक्सन कुकर वा फ्यान हिटर, वाशिङ मसिन फ्रन्ट लोड (८ केजीसम्म) को खरिदमा ६ केजीको एरियल म्याटिक डिटरजेन्ट र वासिङ मशिन टप लोडको खरिदमा ड्राइ आइरन निःशुल्क प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ ।

त्यस्तै एलजी स्पील्ट रेसिडेन्सियल एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ क्यासेट एयर कन्डिसनरको खरिदमा रु. ४००० को निःशुल्क इन्स्टलेसन सेवा पाइने छ ।

साथै पीएम १.० एयर प्युरिफायरको खरिदमा इलेक्ट्रिक प्रेसर कुकर प्राप्त गर्नेछन् । यो योजना देशभर सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३