close

आईटी पढ्न चाहनेका लागि निःशुल्क तयारी कक्षा हुँदै, साथमा ३ करोडसम्मको छात्रवृत्ति योजना

टेकपाना टेकपाना

भदौ १०, २०७९ ८:४३

आईटी पढ्न चाहनेका लागि निःशुल्क तयारी कक्षा हुँदै, साथमा ३ करोडसम्मको छात्रवृत्ति योजना

काठमाडाैं । स्नातक तहमा सूचना प्रविधि विषय पढ्न चाहने विद्यार्थीका लागि आजदेखि युनिभर्सल थट कन्सल्ट (यूटीसी) नामक संस्थाले २० दिने नि:शुल्क तयारी कक्षा सञ्चालन गर्ने भएकाे छ ।

यूटीएले बीएससी सीएसआईटीकाे प्रवेश परीक्षाका लागि नि:शुल्क तयारी कक्षा उपलब्ध गराउन लागेकाे हाे ।

यसका साथै आउँदाे भदाै १७ गते यूटीएले ‘म्याजेनमेन्ट एन्ड आईटी एडुकेसन फेयर २०२२’ नामकाे शैक्षिक मेला आयाेजना गरी विद्यार्थीहरुलाई करिब तीन कराेडसम्मकाे मेगा छात्रवृत्तिसमेत उपलब्ध गराउने घाेषणा गरेकाे छ ।

स्नातक तहमा व्यवस्थापन र आईटी संकायमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरेर छात्रवृत्ति उपलब्ध गराउन लागिएकाे यूटीएले जनाएकाे छ । 

“यूटीए आफैंले दिने हाेइन । हामी कलेज र विद्यार्थीहरुलाई भेट गराइदिने एक प्लेटफर्म मात्र हाैं,” छात्रवृत्ति कार्यक्रमबारे जानकारी दिँदै यूटीएका स्टुडेन्ट अफेयर काेअर्डिनेटर सन्दीप बञ्जराले भने,  “मेलामा  सहभागी हुने कलेजहरुसँगकाे सहकार्यमा छात्रवृत्ति उपलब्ध गराइने छ ।”

उनका अनुसार कुनै पनि विद्यार्थीले छात्रवृत्ति कार्यक्रममा भाग लिन यूटीएले सञ्चालन गरिरहेकाे ‘एक्जाम मेनिया अथवा ओलम्पियाड’ (प्रवेश परीक्षाकाे नमुना परीक्षा) मा दर्ता गर्नुपर्ने छ ।

अथवा अब हुने शैक्षिक मेलामा छात्रवृत्तिका लागि हुने परीक्षामा सहभागी हुनुपर्ने छ ।

उक्त शैक्षिक मेला भएकाे केही दिनपछि प्रवेश परीक्षाकाे माेडेल अनुसार छात्रवृत्तिका लागि परीक्षा हुने उनले बताए ।

“त्यही परीक्षामा उत्कृष्ट भएका १०० जनाले पूर्ण छात्रवृत्ति पाउनेछन् । भने अन्य सहभागीले आंशिक छात्रवृत्ति पाउनेछन् ।”

यस अगाडिका दुई वर्षहरुमा पनि यूटीएले छात्रवृत्ति कार्यक्रम आयाेजना गरेकाे थियाे भने म्याजेनमेन्ट एण्ड आईटी एडुकेसन फेयरकाे याे साताैँ संस्करण हाे ।

बीएससी सीएसआईटीकाे निःशुल्क तयारी कक्षामा भाग लिन यहाँ क्लिक गर्नुहाेस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३