close

रिभरसङ्गले एकसाथ नेपाल भित्र्यायो सस्ता स्मार्टवाच र एयरबडका १२ मोडेल

टेकपाना टेकपाना

भदौ १०, २०७९ १९:०

रिभरसङ्गले एकसाथ नेपाल भित्र्यायो सस्ता स्मार्टवाच र एयरबडका १२ मोडेल

काठमाडौं । चिनियाँ स्मार्ट डिभाइस वितरक कम्पनी रिभरसङ्गले नेपालमा आफ्ना विभिन्न ग्याजेट सार्वजनिक छ । हायात प्यालेस काठमाडौंमा शुक्रबार आयोजित ब्रान्ड लन्च कार्यक्रममार्फत कम्पनी नेपाली बजारमा भित्रिएको हो ।

नेपालका लागि रिभरसङ्गको आधिकारिक बिक्रेतामा क्यामियो इन्टरनेस्नल प्रालि रहेको छ । जसले स्थानीय बजारमा विभिन्न ग्याजेटहरू थोक तथा खुद्रा रूपमा उपलब्ध गराउने छ ।

कम्पनीले ब्रान्ड लञ्च कार्यक्रममा विभिन्न सात मोडेलका स्मार्टवाच र पाँच मोडेलका एयरबड सार्वजनिक गरेको छ । सार्वजनिक भएका स्मार्ट वाचमध्ये मोटिभ फाइभसी र मोटिभ टुसीको मूल्य सबैभन्दा धेरै आठ हजार ९९९ रुपैयाँ राखिएको छ ।

त्यस्तै अन्य स्मार्टवाचमा सात हजार ५९९ रुपैयाँ पर्ने मोटिभ थ्री प्रो, आठ हजार ४९९ रुपैयाँ पर्ने मोटिभ फाइभ, ५ हजार ७९९ रुपैयाँ पर्ने मोटिभ थ्री र छ हजार ९९९ रुपैयाँ पर्ने मोटिभ टुएल रहेका छन् ।

यसैगरी कम्पनीले सबैभन्दा महँगो एयरबडका रूपमा छ हजार ५९९ रुपैयाँ पर्ने युटोपिया एल वान ल्याएको छ । अन्य यरबडमा क्यामियो इन्टरनेसनलले दुई हजार ९९९ रुपैयाँ पर्ने एयर एस फाइभ प्लस एल, ३ हजार १९९ रुपैयाँ पर्ने एयरफ्लाई एलवान, तीन हजार ४९९ रुपैयाँ पर्ने नियो प्रो टु र ४ हजार ४९९ रुपैयाँ पर्ने योगा एम वान एयरबड समेत बजारमा ल्याएको छ ।

कम्पनीले थोक बिक्रेतालाई यी सबै ग्याजेटहरूमा केही शुल्क घटाएर बिक्री गर्ने बताएको छ । रिभरसङ्गका हरेक उत्पादनमा एक वर्षसम्मको वारेन्टी सुविधा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३