close

इन्टरनेट र आईपीटिभी सहित साढे २५ हजार रूपैयाँमा सीजीको ३२ इन्चको टिभी

टेकपाना टेकपाना

भदौ १२, २०७९ १५:२५

इन्टरनेट र आईपीटिभी सहित साढे २५ हजार रूपैयाँमा सीजीको ३२ इन्चको टिभी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सीजीनेटका ग्राहकले टेलिभिजन खरिदमा छुट पाउने भएका छन् । सीजीनेट र सीजी डिजिटलकाे साझेदारीमा ल्याइएकाे याे याेजनामा ग्राहकले ४३ इन्च र ३२ इन्चको टेलिभिजन खरिदमा छुट पाउने भएका छन् ।

राजधानीमा आइतबार सीजीनेट आईपीटिभी घोषणा कार्यक्रममा ग्राहकका लागि यस्तो सुविधा ल्याएको जानकारी दिइयाे । यस अन्तर्गत प्रयोगकर्ताले ‘सीजीनेट जोडी’ प्याकेज सहित सीजी टेलिभिजन सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ८० एमबीपीएस इन्टरनेट र आईपीटिभी सहित ग्राहकले ४३ इन्चको टिभी ३५,९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

त्यस्तै ८० एमबीपीएस इन्टरनेट र आईपीटिभीका साथमा ग्राहकले २५,४९९ रूपैयाँमा ३२ इन्चको टिभी खरिद गर्न सक्नेछन् ।

सम्बन्धित समाचार: सीजीनेटको आईपीटिभी सेवा सार्वजनिक, कति छ मूल्य ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३