close

टेलिकमको तीज अफर, ४९ रूपैयाँमा दिनभर अनलिमिटेड भ्वाइस र डेटा

टेकपाना टेकपाना

भदौ १२, २०७९ १६:३२

टेलिकमको तीज अफर, ४९ रूपैयाँमा दिनभर अनलिमिटेड भ्वाइस र डेटा

काठमाडौं । नेपाल टेलिकमले तीज अफर ल्याएको छ । आजदेखि भदौ १७ गतेसम्म सञ्चालन हुने यो अफरमा डेटा प्याक र डेटा प्लस भ्वाइस प्याकका स्किम ल्याइएको छ ।

यसअन्तर्गत ९८ रूपैयाँमा तीन दिनसम्मका लागि ६ जीबी डेटा र २९४ रूपैयाँमा १० दिनसम्मका लागि २० जीबी डेटा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

साथै ग्राहकले ४९ रूपैयाँमा १ एमबीपीएस गतिको अनलिमिटेड र भ्वाइस सेवा लिन पाउने छन् ।

*1415# डायल गरी वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरी यो सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३