close

‘कमेडी भिडिओ’को नाममा नेवारी लबजलाई होच्याएको आरोपमा अपूर्व क्षितिज पक्राउ

टेकपाना टेकपाना

भदौ १२, २०७९ १६:११

‘कमेडी भिडिओ’को नाममा नेवारी लबजलाई होच्याएको आरोपमा अपूर्व क्षितिज पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल युट्युबमार्फत नेवारी समुदायलाई लक्षित गरी व्यङ्ग्यात्मक भिडिओ आरोपमा स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ परेका छन् ।

गत साता युट्युब च्यानल ‘कमेडी क्याफे’मा अपलोड गरिएको सो भिडिओमा उनले नेवारी लबजलाई लिएर व्यङ्ग्य गरेका थिए ।

यो भिडिओ विवादित बनेपछि सामाजिक सञ्जालका अन्य माध्यममा पनि भाइरल बनेकाे थियाे । यसपछि अर्को भिडिओ अपलाेड गर्दै उनले माफी मागे ।

टेकपानासँग कुरा गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सिंहलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेकाे जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३