close

मोटोरोला जी२२ स्मार्टफोन नेपाली बजारमा, मूल्य साढे २२ हजार

टेकपाना टेकपाना

भदौ १२, २०७९ १८:३१

मोटोरोला जी२२ स्मार्टफोन नेपाली बजारमा, मूल्य साढे २२ हजार

काठमाडौं । नेपाली बजारमा मोटोराला जी२२ स्मार्टफाेनकाे प्रि-अर्डर सुरू भएकाे छ । आउँदो बुधबारदेखि औपचारिक रुपमा बिक्री सुरु हुने यो स्मार्टफोनकाे मूल्य साढे २२ हजार रूपैयाँ ताेकिएकाे छ ।

प्रि-अर्डर गर्दा प्रयोगकर्ताले विभिन्न उपहार पाउने मोटोरोला नेपालले जानकारी दिएको छ ।

९० हर्जको आईपीएस एलसीडी डिस्प्ले रहेको यो फोन मिडियाटेक एमटी६७६५भी/सीबी हेलियो जी३७ चिपसेटद्वारा सञ्चालित छ ।

५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको फोनमा ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ सेन्सर छ ।

त्यस्तै सेल्फी क्यामेरा १६ मेगापिक्सेलको छ ।

नेपाली बजारमा ४ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेजमा याे फाेन किन्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३