काठमाडौं । एनसेलको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । सोमबार १० बजेदेखि काठमाडौंसहित देशभर मोबाइलमा नेटवर्क नटिप्ने, फोन नलाग्नेजस्ता समस्या देखिएको हो ।
विभिन्न स्थानमा फाइबर नेटवर्क काटिँदा यस्तो समस्या आएको जनाइएको छ ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलले विभिन्न स्थानमा फाइबर काटिएको जानकारी दिएको छ ।
नेटवर्कमा समस्या आएसँगै अनुगमनमा जाने तयारी गरेको प्राधिकरणले समस्या समाधान भइसकेको जानकारी पाएपछि अनुगमनलाई रोकेर एनसेलबाट आउने रिपोर्ट कुरिरहेको जनाएको छ ।