close

किशोरीको अश्लील भिडिओ बनाई यातना दिने भारतीय नागरिक काठमाडौंबाट पक्राउ

टेकपाना टेकपाना

भदौ १५, २०७९ १५:५७

किशोरीको अश्लील भिडिओ बनाई यातना दिने भारतीय नागरिक काठमाडौंबाट पक्राउ

काठमाडौं । किशोरीको अश्लील भिडिओ बनाई यातना दिएको आरोपमा एक भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिहार राज्य मोतिहारी जिल्ला घर भई हाल काठमाडौं बौद्ध बस्ने १९ वर्षीय मोहम्मद रमीज रहेका छन् ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार आरोपित रमीज गलत मनसायले नाबालिकासँग भाइबरमा नियमित संवाद गर्थे ।

केही समयपछि उनले एडिट गरी नाबालिकाको अश्लील भिडिओ बनाए र उक्त भिडिओ सामाजिक सञ्जालभर भाइरल भएको छ भन्दै त्रसित बनाउन थाले ।

किशोरीबाट नाजायज फाइदा लिन नसकेपछि उनले उक्त भिडिओ सामाजिक सञ्जालमा राख्ने धम्की दिँदै ब्ल्याकमेल गरेको पाइएकाे साइबर ब्यूरोका प्रवक्ता रायले बताए ।

यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको र आरोप पुष्टि भएमा एक लाख रूपैयाँ नगद जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३