close

गायक टंक बुढाथोकीको युट्युब च्यानल ह्याक

टेकपाना टेकपाना

भदौ १७, २०७९ १०:४८

गायक टंक बुढाथोकीको युट्युब च्यानल ह्याक

काठमाडौं । गायक तथा सङ्गीतकार टंक बुढाथोकीको युट्युब च्यानल ह्याक भएको छ । ह्याक भएसँगै च्यानलमा भएका सम्पूर्ण भिडिओ गायब भएका छन् । ह्याकरले उक्त च्यानल कब्जामा लिई नाम परिवर्तन गरेर ‘आर्क इन्भेस्टमेन्ट’ राखेको छ ।

बिहीबार उक्त च्यानलमा एलन मस्को फोटो राखी नेपालमा प्रतिबन्ध‍ित बिट्क्वाइन र इथिरियम सम्बन्धी प्रचार भएको थियो । २२ लाख पचास हजारभन्दा बढी सब्सक्राइबर भएको सो च्यानलमा अहिले प्रचारका लागि राखिएको भिडिओ बाहेक अन्य भिडिओ गायब छन् ।

गायक बुढाथोकीले बिहीबार करिब १२ बजे उक्त च्यानलमा भएको ‘कसरी कसरी’ नामक गीतको लिंक फेसबुकमा शेयर गरेका थिए । त्यसको केही समयमा नै उक्त च्यानल ह्याक भई सम्पूर्ण भिडिओ गायब भएको पाइन्छ ।

पछिल्लो समय सब्स्क्राइबरको सङ्ख्या धेरै हुने च्यानलहरू एकाएक ह्याक हुने क्रम बढ्दो छ । यसअघि एपीवान टेलिभिजन, म्युजिक नेपाल, ओएसआर डिजिटल सगरमाथा टेलिभिजन लगायतका युट्युब च्यानल ह्याक भएका थिए ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३