close

स्मार्टफोनका पार्टपुर्जा कम्तिमा ५ वर्षसम्म उपलब्ध हुनुपर्ने

टेकपाना टेकपाना

भदौ १९, २०७९ १२:४

स्मार्टफोनका पार्टपुर्जा कम्तिमा ५ वर्षसम्म उपलब्ध हुनुपर्ने

काठमाडौं । युरोपेली आयोगले स्मार्टफोनका पार्टपुर्जा कम्तिमा पाँच वर्षसम्म उपलब्ध हुनुपर्ने नयाँ व्यवस्थाको प्रस्ताव गरेको छ । आयोगले स्मार्टफोन तथा ट्यावलेटमा प्रयोग हुने १५ विभिन्न प्रकारका पार्टपुर्जा कम्तिमा पाँच वर्षको लागि उपलब्ध गराउनु पर्ने व्यवस्था अघि बढाएको हो ।

बढ्दो विद्युतीय फोहोर र वातावरणीय प्रभावलाई कम गर्ने योजनाका साथ आयोगले यो प्रस्ताव अघि बढाएको हो । ‘इकोडिजाइन रिक्वायरमेन्टस फर मोबाइल फोन, कर्डलेस फोन एण्ड स्लेट ट्याब्लेट्सको’ नियमनको मस्यौदा तयार पारेको छ । उक्त नीयमनले फोन र ट्याब्लेटको आयुभन्दा अघि नै प्रतिस्थापन गर्ने गरेका छन् ।

त्यो हुँदा डिाइसमो पर्याप्त प्रयोग वा पुनः प्रयोग हुने सकेको छैन् । त्यसका लागि पार्टपुर्जाको सहज उपलब्ध आवश्यक छ । आयोगले हाल दुई–तीन वर्ष रहेको स्मार्टफोनको आयुलाई पाँच वर्षसम्म घकेल्नु भनेको ५० लाख कार सडकबाट हटाउनु जस्तै हुने बताएको छ ।

प्रस्ताव अनुसार स्मार्टफोन निर्माता कम्पनीहरुले बजारबाट फोन हटेको मितिबाट पाँच वर्षसम्म ‘व्यावसायिक मर्मतकर्ताहरू’ उपलब्ध गराउनु पर्छ भनेको छ । यसको अर्थ ती मर्मतकर्ताहरुसँग ब्याट्री, डिस्प्ले, क्यामरा, मेकानिकल बटनहरू, चार्जिङ पोर्टहरू, माइक्रोफोन र स्पिकर लगायतका पार्टपुर्जा उपलब्ध हुनुपर्ने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३