टेकपाना
भदौ २०, २०७९ १२:५७
काठमाडौं । सिर्जनात्मक रुपमा भिडिओ तथा फोटो खिच्न मन पराउने युवाका लागि सामसङले नेपाली बजारमा सस्तो स्मार्टफोन ‘ग्यालेक्सी ए१३’ सार्वजनिक गरेको छ ।
६.६ इन्चकाे डिस्प्ले रहेकाे फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित ५ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको डेप्थ र म्याक्रो सेन्सर छ ।
सेल्फीका लागि भने ८ मेगापिक्सेलको सेन्सर दिइएको छ ।
त्यसैगरी फोनमा १५ वाटको चार्जिङ सहित ५००० एमएएचको ब्याट्री उपलब्ध गराइएको छ ।
क्यामेरा र ब्याट्रीको संयोजनले प्रयोगकर्ताले भ्लगिङको लागि यो फोनको राम्रो उपयोग गर्न सक्ने कम्पनीको विश्वास छ ।
नेपाली बजारमा यो स्मार्टफोनको मूल्य २१,४९९ रुपैयाँ तोकिएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३