close

सफ्टवेरिकाको करियर काउन्सिलिङ र ‘क्याप्चर दि फ्ल्याग’ कार्यक्रम 

टेकपाना टेकपाना

भदौ २०, २०७९ १२:३६

सफ्टवेरिकाको करियर काउन्सिलिङ र ‘क्याप्चर दि फ्ल्याग’ कार्यक्रम 

काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई-कमर्स कलेजले ‘करियर काउन्सिलिङ फर इथिक्स ह्याकिङ एन्ड साइबर सेक्युरिटी’ तथा ‘क्याप्चर द फ्ल्याग’ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको पहिलो सेसनमा प्यानलिस्टका रूपमा कुमारी बैंकका एयमयल म्यानेजर किरण कुमार, नबिल बैंकका इन्फर्मेसन सेक्युरिटी अफिसर (आईएसओ) प्रवेश पाैडेल, ई-सेवाका एसओसी हेड अस्लम अली, सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई-कमर्स कलेजका इथिकल ह्याकिङ हेड अफ द डिपार्टका मनोज तामाङ र सीआईएसएका सेक्युरिटी इन्जिनियर थ्रेड सुयास नेपाल रहेका थिए ।

कलेजका प्रमुख प्रमोद पौडेलले प्रविधि क्षेत्रमा सफ्टवेरिका कलेजले विगत १२ वर्षदेखि काम गर्दै आइरहेको र अझै धेरै गर्नुपर्ने कामहरू रहेकाे बताए ।

‘डेटा साइन्समा एमयससी तहकाे र कम्प्युटेसनल इन्टेलिजेन्स सम्बन्धी पठनपाठन सुरु गर्ने तयारीमा छाैँ । सम्भवतः छिट्टै सञ्चालनमा आउनेछ,’  उनले भने ।

यस्तै, कार्यक्रमको दोस्रो सेसन ‘च्याप्टर द फ्ल्याग’ प्रतियाेगितामा १६ टिम सहभागी रहेका थिए, जसमा १२ ओटा काठमाडौं भित्रका विभिन्न कलेजका विद्यार्थीको सहभागिता रहेको थियो ।

साथै पोखराबाट एक र तीन ओटा सफ्टवेरिका कलेजका टिम सहभागी थिए ।

उक्त प्रतिस्पर्धामा प्रथम भएकाे सफ्टवेरिका कलेजकाे टिम ‘भगवान’ ले २५ हजार रूपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३