close

एनआईसी एसिया बैंकका ग्राहकले अब ‘नेपालपे क्यूआर’ मार्फत भुक्तानी गर्नसक्ने

टेकपाना टेकपाना

भदौ २०, २०७९ १७:२८

एनआईसी एसिया बैंकका ग्राहकले अब ‘नेपालपे क्यूआर’ मार्फत भुक्तानी गर्नसक्ने

काठमाडौं । एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपाल क्लियरिङ हाउसको ‘नेपालपे क्यूआर’ स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । त्यसका लागि हालै दुई संस्थाबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

योसँगै ‘एनआईसी एसिया मोबैंक’ प्रयोगकर्ताले नेपालका विभिन्न स्थानका मर्चेन्टसँग रहेको नेपालपेको क्यूआर स्क्यान गरी सहज रुपमा भुक्तानी गर्नसक्ने बताइएकाे छ ।

नेपालमा पछिल्लो पटक डिजिटल कारोबार बढिरहेको परिप्रेक्ष्यमा नेपालपेसँगको सहकार्यबाट डिजिटल कारोबारलाई थप नयाँ उचाइमा पुर्‍याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ओम्नी च्यानल प्रणालीमा अपग्रेड गरी अधिकतम बैंकिङ सेवा तथा सुविधा डिजिटल माध्यमबाट प्रदान गरिरहेको छ । भने, आगामी दिनमा एपमार्फत नै अझ धेरै सेवा दिन तयारी गरेकाे छ ।

हाल एपमार्फत नै क्यूआर भुक्तानीका साथै नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन, नयाँ डेबिट कार्ड तथा प्रि-पेड डलर कार्ड अनुरोध, मुद्दति खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्किम ट्रान्सफर, आईपीओ आवेदन र लकर सुविधा लिने लगायतका सुविधा उपलब्ध रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३