काठमाडौं । रूसी राइड-हेलिङ एप ‘यानडेक्स’ ह्याक गरी ह्याकरले मस्कोमा ट्राफिक जाम गराएका छन् । एप ह्याक गरी एकै स्थानमा, एकै पटक सयौं ट्याक्सी बोलाएर ह्याकरले ट्राफिक जाम गराएका हुन् ।
उक्त एप गत सेप्टेम्बर १ तारिखमा ह्याक भएको थियो । त्यसै पनि ट्राफिक जामका लागि चिनिएको रूसको राजधानी मस्कोमा यानडेक्स एप ह्याक गरी ह्याकरले सयाैं ट्याक्सी बोलाएका थिए ।
हाल विश्वको सबैभन्दा धेरै जाम हुने सहरको दास्रो नम्बरमा मस्को पर्छ । यस्तोमा सार्वजनिक भएको एउटा भिडिओमा पनि सबै ट्याक्सी एउटै गन्तव्यमा पुग्नका लागि तछाडमछाड गरिरहेको देखिन्छ ।
उक्त भिडिओ ट्वीटर, रेडइट लगायतका प्लेटफर्ममा निकै भाइरल भएको छ ।
कम्पनीका अनुसार एप ह्याक भएको एक घण्टामै कम्पनीको नियन्त्रणमा आएको थियो । तर, उक्त अवधिमै ह्याकरले सयाैं ट्याक्सी बोलाउन भ्याएको कम्पनीले जनाएको छ ।
साथै कम्पनीले आगामी दिनमा यस्ता घटना हुन नदिन एप सुरक्षाका लागि काम गरिसकेको दाबी गरेको छ ।
Someone hacked #YandexTaxi and ordered all available taxis to Kutuzov Prospect in Moscow