close

इन्स्टाग्रामले फेरि चोर्‍यो टिकटकको अर्को फिचर

टेकपाना टेकपाना

भदौ २५, २०७९ ११:४१

इन्स्टाग्रामले फेरि चोर्‍यो टिकटकको अर्को फिचर

काठमाडौं । पछिल्लो समयमा प्रयोगकर्ताहरू छोटा भिडिओमा धेरै आकर्षित हुन थालेपछि फोटो शेयरिङ प्लेटफर्म इन्स्टाग्रामले पनि आफ्नो प्लेटफर्ममा रिल्स नामको छोटो भिडिओ प्लेटफर्म सार्वजनिक गरेको थियो ।

यति मात्र होइन इन्स्टाग्रामले केही फिचरहरू टिकटकको जस्तै उपलब्ध पनि गराइरहेको छ । इन्स्टाग्रामले पुन: टिकटकको जस्तै अर्को एउटा फिचर उपलब्ध गराउने भएको छ ।

यदि तपाईं टिकटक प्रयोगकर्ता हुनुहुन्छ र तपाईंले टिकटकमा रिपोस्ट फिचर प्रयोग गर्नुभएको छ भने अब यो फिचर इन्स्टाग्राममा पनि छिट्टै नै देखा पर्नेछ ।

हाल कम्पनीले आफ्नो प्लेटफर्ममा पनि रिपोस्ट फिचरको परिक्षण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

अन्य प्रयोगकर्ताले पोस्ट गरेको सामग्री आफ्नो न्युज फिडमा आफ्ना फलोअरले देख्नसक्ने गरी पोस्ट गर्न मिल्छ । यही फिचरलाई रिपोस्ट भनिन्छ ।

यसअघि भने इन्स्टाग्रामको स्टोरी अथवा डाइरेक्ट मेसेजमा आएका सामग्री मात्र शेयर गर्न मिल्थ्यो । अब भने कम्पनीले रिपोस्ट नाम नै दिएर न्युज फिडमा भएको सामग्री पनि शेयर गर्न मिल्ने फिचर थप गर्न लागेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३